हरि शर्मा, नवलपरासी । नवलपरासी प्रहरीले भन्सार छली ल्याएर घरमा गोदाम गरी राखिएका ११ लाख ६८ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ। सुस्ता गाउँपालिका–१ रुपैयालियाका महेन्द्र चौधरीको घरको भान्छा कोठामा गोदाम गरी राखिएका कपडा प्रहरीले बरामद गरेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले ती कपडा बरामद गरेको…