मोरङ, कात्तिक ३ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को अनलाइनमार्फत् सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१६, भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मञ्जित साह र विराटनगर-१५, जानकी मन्दिरछेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन् । पुरुषोत्तमको घरमा आईपीएलको सट्टेबाजी…