‘बलात्कारी संगठन’ पेज बनाउने पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


‘बलात्कारी संगठन’ पेज बनाउने पक्राउ


0
Shares

काठमाडौं, असोज ३० । प्रहरीको साइबर ब्यूरोले कथित ‘बलात्कारी संगठन’ नामक फेसबुक पेज बनाएर अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट गर्नेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्यूठान घर भइ हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत रहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिनुभयो ।

उनले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिन्छ ।