बागलुङ, असोज १३ । बागलुङमा पाँच हजार लिटर बढी अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरीचौकी तथा युनिटहरुले बरामद गरेका पाँच हजार २०० लिटर कच्चापदार्थ र ८०० लिटर मदिरा मंगलबार नष्ट गरिएको हो । अवैध घरेलु मदिराको कच्चापदार्थमा अखाद्य वस्तुहरु, फलफूलका बोक्रा, महिलाका भित्री वस्त्रलगायतका कपडा तथा कुहिएको खानासमेत प्रयोग गरिएको…