गाँजासहित दुईजना पक्राउ « Image Khabar


गाँजासहित दुईजना पक्राउ


Imagekhabar
१२ आश्विन २०७७, सोमबार १८:५९

स्याङ्जा, असोज १२ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गाँजासहित २ जना पक्राउ परेका छन् ।

अर्जुन चौपारी गाउँपालिका–३ छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६२ वर्षीय तुलबहादुर क्षेत्री र २२ वर्षीय कृष्णबहादुर गरुङ रहेका छन् ।

प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्