सिरहा । गोलबजार लामाटोलबाट सातलाख रुपैयाँ नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी गोलबजारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १२ वेतौनाका धिरज यादव, सञ्जय राय र कल्याणपुरका विमलेन्द्र नायक छन् । उनीहरु गोलबजार नगरपालिका ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा…