कञ्चनपुरमा मानव बेचविखनविरुद्धका ५० वटा मुद्दा दर्ता • Image Khabar Image Khabar


कञ्चनपुरमा मानव बेचविखनविरुद्धका ५० वटा मुद्दा दर्ता


Imagekhabar
७ मंसिर २०७७, आईतवार ११:११

कञ्चनपुरमा मानव बेचविखनविरुद्धका ५० वटा मुद्दा दर्ता

कञ्चनपुर । कञ्चनपुरमा १० वर्षको अवधीमा मानव बेचविखनविरुद्धका ५० वटा मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०६७/६८ यता मानव वेचविखनविरुद्धका ५० वटा मुुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पछिल्लो समय लकडाउनका कारण सीमा नाका बन्द रहेपनि विभिन्न प्रलोभन देखाइ किशोरीहरुलाई भारत लैजाने क्रम भने नरोकिएको प्रहरीले जनाएको छ ।

वेचविखनका मुद्दामा ७१ जना प्रतिवादी पक्राउ परेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय वेचविखनको तरिका फेरिएकाले नियन्त्रण तथा रोकथाममा चुनौती थपिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्