स्याङजा, मंसिर ९ । स्याङजामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ का मैते बिक छन् । बिकले १४ वर्षीय बालिकालाई कार्तिक २६ गते राति जवरजस्ती करणी गरेको र पीडित परिवारको जाहेरी पछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।…