सङखुवासभा । सङखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाई नरेश कार्कीलाई नियन्त्रणमा लिएको हो । हत्या गरिएका तेजबहादुर कार्कीकी बुहारी रञ्जनाको हराइरहेको मोबाइल नरेशको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।…