१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


२ किलो सय ग्राम अफिमसहित एक युवक पक्राउ


0
Shares

हेटौंडा । मकवानपुर प्रहरीले दुई किलो एक सय ग्राम लागुऔषध अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार विहान ९ बजे भीमफेदी गाउँपालिका–२ स्थित प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका कैलाश गाउँपालिका–२ का २१ वर्षीय राजन मोक्तानलाई अफिमसहित पक्राउ गरेको हो ।

मोक्तानको साथबाट लागुऔषध अफिमजस्तो देखिने पदार्थ २ किलो एक सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

पक्राउ परेका मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।