रामेछाप । आगमी प्रतिनिधि सभाका लागि नेकपा एमालेले माधव प्रसाद ढुङ्गेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकले केन्द्रिय सदस्य एमव् रामेछाप इन्चार्ज ढुङ्गेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रही अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समेत भइसकेका ढुङ्गेल रामेछापका बौद्धिक र प्रभावशाली नेताका रूपमा चिनिन्छन्।…