Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइयो

काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएकाे फलामको बार हटाइएको छ। पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन्। मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन्।…