Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


वैदेशिक मामिलामा संवेदनशीलता अपनाउन सरकार र रास्वपालाई अध्यक्ष लिङ्देनको सुझाव

सरकारले जनताको मतलाई अवसरको रुपमा उपयोग गर्नुपर्नेमा

26
Shares

काठमाडाैं । विपक्षी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिनुभएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण लगत्तै सोमबार बोलाउनुभएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले उक्त सुझाव दिएको बताउनुभएको हो । अध्यक्ष लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनि दिएको अभिव्यक्ति अपरिपक्व भएकाे बताउनुभयाे ।

अध्यक्ष लिङ्देनले नेपालले संसदबाट सर्वसम्मतीले पारित गरेको लिपुलेक, लिम्पियारधुरा र कालापानी नेपालको हो भनि गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको बताउदै उहाँले त्यस्ता कुराहरुमा होशियारी अपनाउन पनि आग्रह गर्नुभएकाे छ।‍‍‍…

अध्यक्ष लिङ्देनले सरकारको गलत क्रियाकलापको भारी सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुनाले पनि सरकारले वैदेशिक मामिलाको सवालमा सम्वेदनशीलता उपनाउन आवश्यक रहेको बताउनुभयाे । सरकारले जनताले दिएको मतलाई अवसरको रुपमा उपयोग गर्नुपर्नेमा उहाँकाे जाेड छ।