Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


गठन भएको १५ दिनपछि एमालेकाे पुनर्गठन कार्यदलको बैठक भाेलि बस्दै


39
Shares

काठमाडाैं । नेकपा एमालेकाे पुनर्गठन कार्यदलको बैठक यहि जेठ २६ गते मंगलबार बस्ने भएकाे छ।

कार्यदलको पहिलाे बैठक मंगलबार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभएकाे हाे । जेठ १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो।

उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा रहेको उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ। पहिलो बैठक नै १५ दिनपछि बस्न लागेको हो। बैठकले कार्यविधि तय गरेर प्रदेश र आवश्यक परे जिल्लामा गएर सुझाव संकलन गर्ने तयारी गरेको छ।