काठमाडौं। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ सम्पन्न भएकाे लिग चरणको अन्तिम खेलमा कर्णालीले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेकाे हाे। जितका लागि १ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रनमा समेटियो।…