काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ताे विश्वास व्यक्त गर्नुभएकाे हाे । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा…