Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


मेलम्चीको पानी उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न पाइप बिछ्याउने कार्य शुरू

घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा

13
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १ हजार ८ सय मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरु गरिएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबै भन्दा ठूलो साइज (व्यास) को पाइप भएकाे जनाएकाे हाे । भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयले जानकारी दिएकाे छ ।

निर्देशनालयले मेलम्चीको पानीलाई काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्‍याउन दिन तथा रात दुवै सिफ्टमा कामम भइरहेको बताएकाे छ । हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको हाे ।

बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिने भएको छ । पीआईडीले ‘सिस्टम’ हस्तान्तरणपछि काठमाडौंबासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको जनाएकाे हाे।