एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि महत्त्वपूर्ण शान्ति सम्झौता करिब अन्तिम चरणमा पुगेको दावी गर्नुभएकाे छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनुभएको हाे । प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा…