Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युन आज नेपाल आउँदै

काठमाडाैं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज शनिबार नेपाल आउँदै हुनुहुन्छ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा नेपाल सरकारसँग छलफल गर्न उहाँ नेपाल आउन लाग्नुभएको हो । दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार तीनदिने नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुहुनेछ।…