Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


विवादपछि मोरङ कारागारका १९ कैदीबन्दी स्थानान्तरण


0
Shares

काठमाडौं ।

जिल्ला कारागार मोरङका १९ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ। कैदीबन्दीबीच विवाद भएपछि उनीहरूलाई झापा, झुम्का र वीरगन्ज कारागारमा सारिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ जना कैदीबन्दीमध्ये केहीलाई झापा कारागार, केहीलाई झुम्का कारागार र केहीलाई वीरगन्ज कारागार पठाइएको छ।

मिश्रका अनुसार उनीहरूलाई यसअघि नै स्थानान्तरण गर्ने सूची तयार पारिएको थियो। तर कारागारभित्रबाट आवश्यक सहयोग नहुँदा तत्काल स्थानान्तरण गर्न सकिएको थिएन।

“यसअघि नै १९ कैदीबन्दीलाई स्थानान्तरण गर्ने सूची तयार भएको थियो। त्यसबेला भित्रबाट सहयोग भएन। अहिले कैदीबन्दीबीच नै विवाद भएपछि स्थानान्तरण गर्न सहज भएकाे बताउनुभयाे ।

केही दिनअघि प्रहरी कारागारभित्र प्रवेश गरेको विषयलाई लिएर कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए ।