-नरेन्द्रराज पौडेल केही दिन अघि नेपालको मिडिया जगतमा छाएको सुजातासुनामी मत्थर हुन नपाउँँदै सांसद सुविधा वृद्धिको हुण्डरीले आम नेपालीको मनमा अर्को चट्याङ थपेको छ । शहरका होटेल, क्याफे, चियापसलदेखि गाउँघरका बाटा, चोक, चौबाटा, मेलापर्मसमेत यिनै चर्चाले मुखरित बनेका छन् । पत्रिकाका विचार, संपादकीय स्तम्भ र टि.भी.च्यानलमासमेत सर्वत्र यिनै चर्चा चुलिएका छन् । तर सुविधा लिने…