हरिविनोद अधिकारी विद्यालयमा विद्यार्थीहरुलाई निबन्ध लेख्न लगाइन्थ्यो र निबन्ध लेख्दा भनिन्थ्यो— नेपाल गाउँ नै गाउँको देश हो । यहाँका गाउँको विकास भयो भने नेपालको विकास स्वतः हुन्छ । नेपालका करिब ८३ प्रतिशत मानिसहरु गाउँमा बस्छन् र खेती गर्छन् । त्यसैले नेपालको मुख्य पेसा कृषि हो । अनि हामी अभिभावकको पेसा आरामसँग कृषि या खेती भनेर…