‘नेपालमा अहिले आर्थिक संकट निम्तिनुको कारण हाम्रै देशका नेताहरुको अकर्मण्यताले नै हो ।अहिले देशको धुकधुकी चलेकै भनेको रेमिट्यान्सले हो । रेमिट्यान्सले गर्दा नेपालका गाउँ र दूर दराजका बस्तीहरू उजाड पारिएका छन् । छोरो विदेश भासिएपछि बुहारीहरू लालाबाला चेपेर सदरमुकाम झरेका छन् । गाउँमा बचे खुँचेका बूढा बाउआमा मात्र झुप्रो रुँघेर बसेका छन् । खेत, पाखोबारी…