काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि बिहीबारदेखि प्रश्न-पत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छापिँदै छन् । जनक शिक्षाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल झाका अनुसार तीनवटा सुरक्षा घेराबीच एसईईका प्रश्न-पत्रहरू छाप्ने कार्य भइरहेको छ । प्रश्न-पत्र चैत मसान्तभित्र छापिएर जिल्ला–जिल्लामा पठाइनेछ ।…