काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाकाे बारेमा छलफल गर्न साेमबार जनकपुर पुग्नुभएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाउने बताउनुभएकाे हाे। विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार…