Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति

'छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन'

455
Shares

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे छ।

सिराहामा शनिबार उहाँ सहभागी कार्यक्रममा होहल्लासँगै आक्रोश प्रकट भएपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिनुभएकाे हाे । अन्तरक्रियामा धेरैको आवाज सुन्ने प्रयत्नमा रहेको र केही व्यक्तिले होहल्ला गरेको विषयलाई लिएर भ्रम छर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ।

उहाँले भन्नुभयाे,-‘शनिबार सिराहा र सप्तरीमा १ सय जना भन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरै भन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौं । लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’

शिक्षामन्त्री पोखरेलले घटनाको एक मिनेट भन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बंग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास दावी गर्नुभयाे। घटनापछि पनि सिराहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उहाँकाे जिकिर छ।