काठमाडौं । ललितपुर जिल्लाको प्रतिष्ठित शैक्षिक संस्था ललितपुर माध्यमिक विद्यालयले शनिबार आफ्नो ४५ औं स्थापना वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको साेही विद्यालयले शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको हाे । विद्यालयले शैक्षिक ज्ञान भन्दा व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
साथै, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । जसले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा भर्ने अपेक्षा गरेको छ । विद्यालयले भविष्यमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै समुदायको शैक्षिक स्तर उकास्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको हाे ।
४५ वर्षको यात्रामा हजारौं विद्यार्थीलाई शिक्षादीक्षा दिई समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने जनशक्ति उत्पादन गर्न सफल साेही विद्यालयको यो वार्षिकोत्सवले स्थानीय शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा र प्रेरणा समेत थपेको छ।









प्रतिक्रिया दिनुहोस्