काठमाडाैं । सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरबाट प्रहरीले १४१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका–५ का ४७ वर्षीय बलबहादुर लिम्बु रहेका छन्। प्रहरी चौकी विसनपुरबाट खटिएको टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यान जाँच गर्दा फल्स…