Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कांग्रेस महाधिवेशन: गगन थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश शर्मा ६३८ मतसहित निर्वाचित


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा भने झापा क्षेत्र नम्बर १ बाट मतदानमार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। शर्माले ६३८ मत प्राप्त गरेका हुन्। झापा–१ मा महाधिवेशन प्रतिनिधि चयनका लागि ७१० मतदाता रहेका थिए।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि गर्ने तय भए पनि बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी भइरहेको छ।