काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट स्वदेश फर्किदै हुनुहुन्छ।
मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गर्नुभएको हो।
उहाँलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलगायत नियोगका अधिकारीहरूले विमानस्थलमा बिदाइ गर्नुभएको थियो।
परराष्ट्रमन्त्री खनाल बुधबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
महासभाका क्रममा मन्त्री खनाल विभिन्न उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय मञ्चका कार्यक्रममा सहभागी हुनुभएको थियो।










प्रतिक्रिया दिनुहोस्