काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७६–०७७ मा ‘बायो शौचालय’ खरिद कार्यमा वदनियतपूर्वक आपसी मिलेमतोमा भुक्तानीसमेत दिइ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरू विरुद्ध आरोप–पत्र दायर गरेको हो । आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका…