जनकपुर । श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार जनकपुरमा तिलकोत्सव मनाइएको छ । जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा साधु सन्त र श्रद्धालुहरूको बीचमा राम र जानकीका अभिभावकका रूपमा रहेका महन्तहरूले सम्धी मिलन गरी तिलकोत्सव मनाइएको हो । भगवान श्रीरामको अभिभावक राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ बाबा राम गिरी र माता सीताको अभिभावक राजा…