काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । मंगलवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष कोईरालाले बैंकहरूको पछिल्लो अवस्था र मौद्रिक नीतिमा समेटिनुपर्ने बताउनुभएको हो । अध्यक्ष कोईरालाले पछिल्लो समय बैंकहरूले अत्यधिक नाफा कमाएको…