काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ६० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबारको तुलनामा चाँदी प्रतितोला ६० रुपैयाँले सस्तो भएको हो ।









प्रतिक्रिया दिनुहोस्