काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पाटीटार चोकबाट प्रहरीले एयर गनसहित एक जनालाई पक्राउ गरेको छ । सोक्सोम दोर्जे लामाले हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ ६ गते उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पाटीटार क्षेत्रबाट कालो रंगको इनामेल लगाइएको “MARK-2 G.S.R.991” लेखिएको एयर गन एक थान बरामद…