काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र लगानीका लागि तयार रहेको भन्दै त्यसका लागि सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा र अनुकूल व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारले…