Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


दशौँ राष्ट्रिय खेलकुदका लागि खोटाङका खेलाडीको तयारी तीव्र, पदक जित्ने लक्ष्य

सविना अछामे, खोटाङ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खोटाङबाट छनोट भएका खेलाडीहरूले तयारी तीव्र पारेका छन्। विभिन्न विधाका खेलाडीहरू बन्द प्रशिक्षणमा जुट्दै प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित अभ्यास गरिरहेका छन्। जिल्लाबाट छनोट भएका कराते, भलिबल, कबड्डी, क्रिकेटलगायत खेलका खेलाडीहरू प्रशिक्षणमा व्यस्त छन्। करातेका १७ इभेन्टका खेलाडीले कात्तिक ८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरेका हुन्।…