काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको ७४औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा करिब ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस गरी कुल ९४३ जना सहभागीमध्ये ३७२ जना मात्र उत्तीर्ण भएका हुन्, जसअनुसार उत्तीर्ण दर ३९.४५ प्रतिशत रहेको छ। पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा केन्द्रमा मंगलबार र बुधबार कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालन…