काठमाडौं । तिहार पर्वका कारण कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सेवा प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार तिहारको मुख्य दिन परेकाले उक्त दुई दिन फोहोर व्यवस्थापनको काम स्थगित गरिने भएको हो । उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बन्चरेडाँडामा कार्यरत कर्मचारीलाई पनि तिहारका अवसरमा…