Logo १० आश्विन २०८२, शुक्रबार | Sat Sep 27 2025


आन्दोलनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडाैं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।

आन्दोलनकारीले गरे संसद् भवनमा आगजनी

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन्। उनीहरू प्रहरी र नेपाली सेनाको सुरक्षा घे‍रा तोड्दै संसद्‌ भवनभित्र प्रवेश गरेका हुन्।

माओवादी पार्टी कार्यालयमा पनि आगजनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाइदिएका छन्। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्दै आगजनी गरेका हुन्। यसअघि नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाएका

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले राजीनामा दिएको जनाएको छ । जेन जीको आन्दोलनले संसद्, सिंहदरबार सैबतिर कब्जा गरेपछि ओलीको राजीनामा आएको हो

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सांसदहरुले सामूहिक

प्रदर्शनकारी सिंहदरबारभित्रै छिरे

काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् । सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । सोमबार पनि संसद भवन प्रवेश

त्रिभुवन विमानस्थलका सबै उडान स्थगित

काठमाडाैं । त्रिभुवन विमानस्थलका सबै उडान स्थगित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा

गगन थापाको घरमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् । उनीहरूले गगन थापाको घरमा रहेको गाडीमा सुरूमा

हिल्टन होटलमा आगजनी

काठमाडाैं । नक्सालस्थित हिल्टठन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले आगजनी गरेका हु्न् ।

एमाले उपाध्यक्ष पाण्डेको घरगाडीमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जलाएका छन् । मंगलबार स्वयम्भु नजिकै रहेको पाण्डेको घरमा प्रदर्शनकारीहरु पसेर आगजनी र तोडफोड गरेका हुन् । नेता पाण्डेले