Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


ज्ञानेन्द्र शाही भन्छन् – मेरो उम्मेदवारी व्यक्ति वा पार्टीविरुद्ध होइन


429
Shares

काठमाडाैं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा पार्टीविरुद्ध नभएको स्पष्ट पार्नुभएकाे छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै उनले सौहार्दपूर्ण प्रतिस्पर्धा आफूले चाहेको बताउनुभएकाे हाे । केन्द्र सत्ताबाट जुम्लाका जनप्रतिनिधिमाथि हुने ‘दास व्यवहार’विरुद्ध आफ्नो उम्मेदवारी रहेको शाहीको भनाइ छ।

यसैबीच रास्वपा उम्मेदवार विनिता कठायतले शाहीले मतदातामा भ्रम फैलाएर भोट मागिरहेको आरोप लगाउनुभएकाे छ।