नेपाल विद्युत प्राधिकरणले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्राविधिक रिपोर्ट ऊर्जा मन्त्रालयमा बुझाएको थियो । मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउन लागेको जानकारी दिए
न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले मंगलबार महत र ढकाललाई रु एक/एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर मंगलबार (आजै) डिल्लीबजार कारागार चलान
मंगलबार सोलुखुम्बुको नेलेबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्रमाथि बारम्बार प्रहार भएको भन्दै यसको रक्षाका लागि पनि कांग्रेसले चुनाव जित्नुपर्ने जिकिर गरे । सो अवसरमा उनले गार्मा–गुदेल सडक र
राजधानीस्थित भृकुटीमन्डपमा भएको पाँचदिने मेलाको डेढ लाखले अवलोकन गरेको र १० करोड रुपैयाँ बराबरको कारोबार भएको मेला संयोजक एवं निवर्तमान अध्यक्ष हेमरत्न शाक्यले बताए । मेलामा ३ करोड रुपैयाँ बराबरको
चितवन र धादिङको सिमानामा पर्ने फिस्लिङबाट सुरु भएको प्रतियोगितामा ८१ जना नेपालीसहित १०१ जना खेलाडीहरु सहभागी भएका छन् । कार्यक्रम अन्तर्गत मंगलबार राष्ट्रिय ‘क्यानोइङ स्लालम च्याम्पियनसिप’ प्रतियोगिता भएको छ ।
उतार–चढावबीच यसदिन सेयर बजार परिसूचक नेप्से ३ अंकले सुधारिएर १४ सय ७२ विन्दुमा पुग्यो । कारोबार सुरुआती समयमा नेप्से बढेर १४ सय ८० विन्दु पार गरेपनि मध्याह्नपछि झर्दै तीन अंकलेमात्रै
आगामी मंसिर १० गते हुने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले तालिम दिइएको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले जानकारी दिए ।
आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दा–माग्दै प्रहरी निरीक्षक हरिहर सुुनुवार पक्राउ परेको जानकारी दिए । पक्राउ परेका प्रहरी निरीक्षकको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ
निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार दिउँसो जंगलको बाटो हिँडिरहेकाबेला बम प्रहार भएको हो । नजिकैबाट फालिएको बम रूखमा ठोक्किएर बाटो तल पुगेर विस्फोट भएको जनाइएको छ । विस्फोटबाट
सो दुुईपक्षीय बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन, आपराधिक गतिविधि नियन्त्रण गर्न र निर्वाचन हुनुअघि ७२ घन्टासम्म नेपाल भारत सीमा बन्द गर्न सहमति भएको हो । रौतहट, सर्लाही र महोत्तरी