Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


देशभर थप ८ सय ३९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका तीन सांसद् पार्टीबाट निस्कासित

शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निस्कासन

शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न सीसीएमसीको सिफारिस

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय बैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा सर्वदलीय बैठक : एमसीसी सम्झौता अघि बढाउन आग्रह, सहभागी कसले के बोले ?

बैठकमा माओवादी केन्द्र सहभागी नभएको सम्बन्धमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुदा पनि देश चाहीँ चल्छ ।’

जनस्वास्थ्यका सुरक्षात्मक उपाय अपनाउन राष्ट्रपतिको आह्वान

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उहाँले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको पहिलो जित

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

डेब्यु खेलमै कुशलको अर्धशतक

नेदरल्यान्ड्सविरुद्ध आक्रमक ब्याटिङ गरेका उनले ३० बलको सामना गर्दै अर्धशतक बनाएका हुन् । उनले ४ छक्का र ५ चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।

नेदरल्याण्ड्सद्वारा नेपाललाई १ सय ३६ रनको लक्ष्य, आलम महंगाे सावित

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा सोमपााल कामी र सहाब आलमले १–१ विकेट लिए । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन

ईमेज समाचार प्रभाव : बर्दियाकी स्कुले बालिका हराएको दुई दिनमा सुर्खेतमा भेटिइन्

थारुलाई एक पुरुषले ललाइफकाइ सुर्खेत लगेको खुल्न आएको प्रहरीले जनाएको छ । दुवैलाई प्रहरीको सहयोगमा बर्दिया ल्याउने कार्य भइरहेको छ ।

ओली सरकारको पतन सुरु भयो, त्यसको संकेत कर्णालीमा देखियो– नेता सिंह

साथै नेता सिंह १४ औं महाधिवेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताउनुभयो । ‘लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ’, उहाँले भन्नुभयो ।