Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


बाजुरामा २२ गतेदेखि निषेधाज्ञा

अन्यावश्यक कामहरू पनि स्वास्थ्य सुरक्षका मापदण्ड पूरा गरेर मात्र गनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो ।

कोरोना महामारी गुथीको ढाडस (भिडियो)

खलःका अध्यक्ष श्याम व्यञ्जनकार महामारीको अवस्थामा आफ्नो समुदायका लागि गुथी ढाडस बन्न सक्नुपर्ने बताउनुहुन्छ । आफूले जस्तै अन्य गुथीहरूले पनि समुदायकोलागि गनुपर्नेमा व्यञ्जनकारको जोड छ ।

ओलीको सत्ता टिक्ने सम्भावना क्षीण, प्रतिगमनमै लागिरहे स्थिति बिग्रने नेपाल समूहको चेतावनी

पार्टीभित्र लगभग पानी बाराबारको अवस्थामा पुगेको बेला एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षबाट ओलीले संसदमा मत प्राप्त गर्नुहोला त भन्ने प्रश्न अहम् बनेको छ ।

नेपाल सुपर लिग : पेड्रो र सन्तोषको गोलमा विराटनगरको दोस्रो जित

जितसँगै विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।

स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक हुँदा स्वास्थ्य प्रणाली कमजोर भयो– डा. मरासिनी (अन्तर्वार्ता)

फरक प्रसङ्गमा डा. मरासिनीले अहिले देखिएको कोरोना भाइरस पहिलाको भन्दा ७० गुणा छिटो फैलिने बताउनुभयो । संक्रमण फैलिने दर तीव्र भएकाले पनि नेपालका अस्पतालहरूमा शय्या अभाव भएको उहाँले जानकारी दिनुभयो

बाजुरामा तीन कैदीलाई कोरोना संक्रमण

एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।

झापामा बिक्रेट उद्योगमा लागेको भीषण आगलागी, १० करोडको क्षति

ब्रिकेट उत्पादनका लागि राखिएको सामाग्रीबाट आज बिहान ३ बजे आगो सल्किएको थियो । झापा र मोरङ जिल्ला गरी सात वटा दमकलको सहयोगमा ससस्त्र प्रहरी तथा नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास

हिजो एमालेबाट राजीनामा दिएका पाण्डे कांग्रेसबाट राष्ट्रियसभाको उमेद्वार

नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय जनगणनाको सबै कार्यक्रम स्थगित

सोमबार राष्ट्रिय योजना आयोगले तथ्याङ्क परिषद्को बैठक बोलाएर सरकारले जनगणनाका तालिम लगायतका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी तथ्याङ्क विभागलाई गराएको हो ।

लुम्बिनीमा दुई मन्त्रीको पुनर्नियुक्ति, मन्त्रिपरिषद् ७ सदस्यीय

मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रिमण्डलमा पुनः समावेश गर्नुभएको हो ।