Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


३७ प्रतिशत संक्रमित उपत्यकाकै, आज मात्रै ३१ सय १३ थपिए

सक्रिय संक्रमित मध्ये ७ सय ५८ जना आईसियूमा र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

कपिलवस्तु प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर सहयोग

अक्सिजन अभावले संक्रमितहरूको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

बागलुङमा कोभिड : दैनिक तीन दर्जन संक्रमित थपिँदा अस्पताल भरिभराउ

बडिगाडमा केही दिन अगाडी भएको विवाह समारोहमा सहभागी २५ जनामा संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । बागलुङ नगरपालिकामा पनि दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।

अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाएको देउवाको आरोप

‘उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपूरो नै राखिएको छ,’ उहाँले भन्नुभयो, ‘विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रूपमा अख्तियारलाई स्थापना

महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

मेयर शाक्यले अस्पतालहरूमा विरामीहरूको चाप बढेको उल्लेख गर्दै आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिङ्गो देशलाई परिवार ठानेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गर्नुभयो ।

वैशाख २७ नजिकिँदा बाक्लियाे राजनीतिक दाैडधुप

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णय गरेको पर्सिपल्ट मंगलबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलिपल्ट अर्थात वैशाख २२ गते बुधबार प्रधानमन्त्री ओली

कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

गाउँपालिकाका सबै सवारी कोभिड संक्रमित बोक्न प्रयोग गरिने

गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो । महामारीले भयावह रूप लिएपछि पालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको हो ।

दोलखा भीमेश्वरको दाहिनेपट्टी शिर र बीचबाट पसिना आयो

मन्दिरका पुजारी काशीनारायण श्रेष्ठका अनुसार १२ बजेपछि गरिने छक्काल पूजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहीबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो ।

ललितपुर सिटी नेपाल सुपर लिगको प्लेअफमा प्रवेश, खेलाडीले मैदान छाडेपछि १२ मिनेट समय थप

गर या मरको खेलमा विराटनगर बाहिरिने पक्का भएपछि खेलाडीहरूले विवाद गरी मैदान छाडेर फेरि खेलमा फर्केका थिए । जसका कारण अहिलेसम्मकै बढी १२ मिनेट इन्जुरी समय थपिएको थियो ।