ललितपुर सिटी नेपाल सुपर लिगको प्लेअफमा प्रवेश, खेलाडीले मैदान छाडेपछि १२ मिनेट समय थप • Image Khabar Image Khabar


ललितपुर सिटी नेपाल सुपर लिगको प्लेअफमा प्रवेश, खेलाडीले मैदान छाडेपछि १२ मिनेट समय थप


Border circle
Imagekhabar

ललितपुर सिटी नेपाल सुपर लिगको प्लेअफमा प्रवेश, खेलाडीले मैदान छाडेपछि १२ मिनेट समय थप

काठमाडौं । ललितपुर सिटी एफसी राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबलको प्लेअफमा प्रवेश गरेको छ ।

शनिबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा विराटनगर सिटी एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै ललितपुर प्लेअफमा पुगेको हो । दशरथ रङ्गशालामा भएको खेलमा १० खेलाडीमा सीमित विराटनगरमाथि हावी हुने क्रममा कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे ।

जितसँगै ललितपुरले ६ खेलमा ९ अंकसहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । ६ खेलमा ७ अंकमा रहेको विराटनगर भने पाँचौं स्थानमा रहँदै प्लेअफ सम्भावनाबाट बाहिरिएको छ । गर या मरको खेलमा विराटनगर बाहिरिने पक्का भएपछि खेलाडीहरूले विवाद गरी मैदान छाडेर फेरि खेलमा फर्केका थिए । जसका कारण अहिलेसम्मकै बढी १२ मिनेट इन्जुरी समय थपिएको थियो । ललितपुरका कप्तान अञ्जन सुपर प्लेयर अफ द म्याच र ललितपुरकै द्रोण थापा इमर्जिङ प्लेयर घोषित भएका छन् ।

अहिले केही बेरमै धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ । यो खेलमा धनगढीलाई हराएमात्र बुटवल प्लेअफमा पुग्नेछ । बुटवलले यो खेल हार्दा ८ अंकको पोखरा थन्डर्स प्लेअफमा पुग्नेछ । बुटवलको ५ खेलबाट ५ अंक छ । सबै खेल खेलिसकेको पोखराको पनि ८ अंक नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्