देशभरबाट ६ हजार ४ सय ९१ जना निको हुँदा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले सरकारमा आएर सँगै काम गर्न आग्रह गर्नुभएको र आफूहरूले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको कर्णले बताउनुभयो ।
फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि गएराति कुवेत पुगेको नेपाली टोलीको स्वाब परीक्षण गर्दा रिपोट नेगेटिभ आएको हो ।
मूल्याङ्कन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । जस अनुसार राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको
रोपाइँका लागि गाउँमा पर्म लगाउनुका साथै अर्को टोलबाट खेताला खोजेर लगाइने प्रचलन भए पनि कोरोनाका कारण घरकै मानिस वा एउटै टोलका मानिसले मात्रै मिलेर रोपाइँ गरिरहेको कृषकको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पोहोरभन्दा यसपटक झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुप¥यो । यसवर्ष बढी पानी पर्ने देखिन्छ त्यसकारण झन् कहालीलाग्दो हुनसक्छ ।’
संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रूपमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ स्वयंले यो पटक बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ ।
नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो ।
साना तथा मझौला उद्यमीहरूका लागि विनाधितो २५ लाख सम्म कर्जा दिने अघिल्लो वर्षदेखिको नीति कार्यक्रमलाई निरन्तरता दिनु स्वागतयोग्य भएको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मत खसालेर मतदानको सुरुवात गर्नुभएको हो । त्यसपछि सभामुख पूर्णबहादुर घर्ती लगायत उप–सभामुख, अन्य मन्त्रीहरूले मतदान गर्नुभएको थियो ।