Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, मेलम्ची र हेलम्बु पालिकालाई १०-१० लाख सहयोग

बजेट प्रस्तुत गर्दै गुरुङले भन्नुभयो, ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरूबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणत्मक क्रिकेट श्रृंखला स्थगित

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नामिबियामा कोरोना भाइरसको संक्रमणका कारण खेलाडीहरूको अभ्यास र यातायातमा असर परेको भन्दै प्रतियोगिता स्थगित गरेको गरेको हो ।

कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यता छानविन मापदण्ड अस्वीकार गर्ने पौडेल पक्षको निर्णय

पार्टी महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा मंगलबार बसेको बैठकले संस्थापन पक्षले मनपरी ढङ्गले सदस्यता वितरण गरेकाले समस्या उत्पन्न भएको निष्कर्ष निकालेको हो ।

नेपाल टेलिकमको विज्ञप्ति, ‘अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध’

बिहान सवा दुई घण्टा मुख्यतः स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवामात्र अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने उल्लेख टेलिकमले ग्राहकसँग

वर्ल्डलिङ्ककाे इन्टरनेट डेढ घण्टा अवरुद्ध

बुधबार दिउँसो ३ः५५ देखि समस्या देखिएको इन्टरनेट ४ः५५ मा आंशिक रूपमा सुचालु भएको थियो भने ५ः२० देखि पूर्ण रूपमा सेवा सुचालु भएको थियाे ।

‘पाँच पूर्वप्रधानमन्त्री नै देउवाका लागि दाबी लिएर गएपछि त्योभन्दा विश्वासिलो आधार अर्को हुनसक्दैन’

पाँच जना पूर्वप्रधानमन्त्री स्वयं प्रधानमन्त्रीमा देउवाको दाबी लिएर राष्ट्रपति कार्यालय गएको भन्दै उहाँले त्यो भन्दा विश्वासिलो आधार अरु हुन नसक्ने जिकीर गर्नुभयो ।

व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको अवस्थामा देशभर राप्रपाको मान्यता स्थापित गर्नुपर्छ– कमल थापा

अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको बताउनुभयो । पार्टी गतिहीन भएको स्वीकार गर्दै थापाले यही अवस्थामा निर्वाचनमा गए हार व्यहोर्ने उल्लेख गर्नुभयो ।

बालबालिकाको झगडामा अभिभावकबीच झडप, २० भन्दा बढी स्थानीय घाइते

मंगलबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरी चोटपटक लागेको उहाँको भनाइ छ । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएको थियो ।

ओलीलाई सर्वोच्चबाट एकपछि अर्को धक्का, अबको रणनीति कस्तो ?

सरकार गठन सम्बन्धी संविधानको धारा ७६ को हरेक उपधारालाई आफू अनुकुल व्याख्या गर्दै कुर्सीमा अडिन सफल प्रधानमन्त्री ओलीलाई अदालतले एकपछि अर्को धक्का दिइरहँदा ओलीको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध

विरोधपछि कांग्रेस प्रमुख सचेतक गोविन्द बोहराले अध्यादेश ल्याउँदा संसदलाई जानकारी नदिएको बताउनुभएको थियो । अवरोधपछि सभामुखले असार ११ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।