Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, मेलम्ची र हेलम्बु पालिकालाई १०-१० लाख सहयोग


0
Shares

प्रदिप पौडेल
पोखरा । चालु आर्थिक वर्षका लागि ५ अर्ब ७२ करोडको बजेट ल्याइएको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर मञ्जुदेवी गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको जानकारी दिनुभयो । पुँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ ।

महानगरले बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १०÷१० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बजेट प्रस्तुत गर्दै गुरुङले भन्नुभयो, ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरूबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको मुख्य ध्यान प्रदेशका जनतालाई कोभिडविरुद्धको खोप लगाउनतर्फ भएको बताउनुभयो । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयमा जनतालाई सुशासन र सुरक्षाको प्रत्याभूति दिन सकिने उहाँको भनाइ थियो ।