Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ वटा ढोका खोलियो

सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहे पनि अहिले सम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको जनाएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको

प्रतिनिधिसभा विघटन मुद्दा : विपक्षीको बहस सकियो, सात घण्टाको बहसपछि फैसला आउने

जवाफी बहसका लागि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालको नाम टुङ्गो लागेको छ । जवाफी बहस सकिएपछि एमिकस क्यूरीले स्वतन्त्र राय दिनेछन् ।

मेलिना र आरसीको स्वरमा ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक

साहस शाक्यले एरेन्ज गरेको गीतलाई चन्द्रा चौधरीले मिक्सिङ गरेका हुन् । गीतको कोरसमा भुसन खतिवडा, मिना सिंह, सुष्मा लिम्बु र स्वयं गायक रिमालकै स्वर छ ।

उपेन्द्र यादवलाई शर्माकाे पत्र, ‘कारबाही फिर्ता गरी पार्टी र प्रदेशसभा पद यथावत राखिपाउँ’

यस्तै उहाँले सर्वोच्च अदालतमा मुद्दामा सुनुवाइ भएर अल्पकालीन आदेश भएको रिट निवेदनसमेत फिर्ता लिन मञ्जुर भएको बताउँदै आगामी भविष्यमा पार्टीको निर्णय, ह्वीप तथा हकहित विपरीत कुनै कार्य नगर्ने प्रतिबद्धतासमेत जनाउनुभएको

रुपन्देहीमै कालीगण्डकी डाइभर्सनको विरोध, अर्थमन्त्रीको राजनीतिक चालबाजी भएको आरोप

वर्षायाममा तिनाउ नदीकै बाढीले वर्षेनी ठूलो क्षति गरिरहेकोमा त्यसमाथि कालीगण्डकीको पानी फर्काएर तिनाउमा मिसाउने हो भने त्यसले विकराल समस्या ल्याउने र तिनाउ बजार नै जोखिममा पर्ने उनीहरूको चिन्ता छ ।

चार जनप्रतिनिधिलाई कारबाही गर्ने माओवादी केन्द्रको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको र आफैँ संलग्न भई अर्को दल गठन गरेको एकिन अवस्था नदेखिएको भन्दै अदालतले कारबाहीको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

एमालेको साख गिराएर ध्वस्त पार्न खोजियो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरू भइरहेको बताउनुभएको हो । उहाँले देशलाई अनुशासनहीन, उश्रृङ्खल र सामाजिक सभ्यताहरूको उल्लंघन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न

होटल क्वारेन्टिन बस्नेका पीडा, ‘दैनिक ३ हजार लिएर कुहिएको अण्डा र आलु दिन्छ’

विदेशबाट फर्कनेलाई नेपालमा ५ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्न सरकारले आग्रह गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएको होटलले शुल्क लिएअनुसारको सुविधा उपलबध नगराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्

माधव नेपाल पक्षलाई हस्ताक्षर फिर्ता गर्न सोमबार साँझसम्मको समयसीमा

तर, राष्ट्रपतिले ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेपछि अदालतमा माधव नेपालसहितका १ सय ४६ सांसद्ले देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै रिट निवेदन पेश गरेका थिए ।

‘ओलीले भेट गर्न चाहँदा माधव नेपालले मान्नुभएन’

शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ओलीले भेट गर्न चाहँदा पनि भेट गर्न नमानेको बताउनुभयो ।